समाचार

सुनको मूल्यले बनायो फेरि नयाँ रेकर्ड, तोलाकै ८२ हजार नाघ्यो

२७ फागुन, काठमाडौैँ÷ नेपाली बजारमा सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम भएको छ । आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ८२ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार छापावाल सुन ८२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज प्रतितोला २ सय रुपैयाँले बढेर सुनको मूल्य नयाँ उचाइमा पुगेको हो ।
त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ८२ हजार ४ सय रुपैयाँ कायम भएको छ । शुक्रबार तेजावी सुन प्रतितोला ८२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । तर चाँदीको मूल्य भने शुक्रबारको तुलनामा आज प्रतितोला १० रुपैयाँले घटेको छ । चाँदीको मूल्य तोलामा ८ सय ८० रुपैयाँ तोकिएको छ ।

nema
Show More

Related Articles

Back to top button