समाचार

प्रदेश ३ को दोस्रो अधिवेसन सुरु हुँदै

जेष्ठ १, २०७५ ÷प्रदेश नंवर ३ को प्रदेशसभाको दोस्रो अधिवेशन मंगलवार (आज) सुरु हुँदैछ । सरकारको सिफारिसमा प्रदेश प्रमुख अनुराधा कोइरालाले दोस्रो अधिवेशन आह्वान गर्नुभएको हो ।
अधिवेशन दिउँसो एक बजे सुरु हुने बताइएको छ । पहिलो दिन मंगलवार प्रदेश सरकारले आगामी वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने कार्यक्रम छ । बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ । प्रि–बजेटमाथिको छलफल भने पर्सी बिहीबार शुरु हुनेछ ।
बैठकले भक्तपुरबाट निर्वाचित सभासद हरिशरण लामिछानेको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ । लामिछानेको मष्तिस्कघातका कारण सोमवार निधन भएको थियो ।

nema
Show More

Related Articles

Back to top button