breakingसमाचार

नयाँ प्रदेश प्रमुखमा को को सिफारिस भए ?

काठमाडौं ÷ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नयाँ प्रदेश प्रमुख नियुक्तिको नाम सिफारिस गरेको छ। सोमबार विहान बसेको नेकपा सचिवालय बैठकले सबै प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो। गोविन्द कलौनी (डडेलधुरा), अमिक शेरचन (चितवन), सोमनाथ प्यासी (काश्की), तिलक परियार (बाँके), शर्मिला पाण्डे (काठमाडौं), विष्णु प्रसाईं (झापा) र धर्मनाथ यादव (सिरहा) प्रदेश प्रमुखमा सिफारिस भएका हुन् ।
व्यक्तिको नाम टुङ्गिए पनि कसलाई कुन प्रदेशको प्रमुख बनाउने निर्णय भने मन्त्रिपरिषदले गर्ने बताइएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा सातै प्रदेशका प्रदेश प्रमुखलाई आइतबार पदमुक्त गरेकी थिइन्। सरकारले आइतबार बेलुकी नै मन्त्रिपरिषद् बैठक डाकेर प्रदेश प्रमुख नियुक्तिको तयारी गरे पनि नेकपा सचिवालय बैठकमा प्रदेश प्रमुखका नाममा सहमति हुन सकेको थिएन् ।

Show More

Related Articles

Back to top button