समाचार
माेदी र कांग्रेस नेताहरूबीच नेपाल-भारत सम्बन्धबारे छलफल

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितको टोली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । उनीहरु मोदी बस्ने ह्यात होटलमा पुगी भेटवार्ता गरेका थिए ।
कांग्रेसका तर्फबाट देउवाका अलवा नेता रामचन्द्र पौडेल, विजय कुमार गच्छदार, शशांक कोइराला, सीता देवी यादव, कृष्ण सिटौला, विमिलेन्द्र निधि, रामशरण महत, पूर्णबहादुर खड्काले मोदीसँग भेटी छलफल गरेका थिए ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविस कुमारका अनुसार नेपाली कांग्रेस र प्रधानमन्त्री मोदीबीच नेपाल–भारत सम्बन्ध सदृढ बनाउनेबारे छलफल भएको थियो ।
