समाचारअन्तर्वार्तानेपाली कांग्रेस
कांग्रेस धनुषामा जबरजस्ती सभापति घोषणा गरेको आरोप
२ जेठ, जनकपुरधाम । नेपाली काङ्ग्रेस धनुषा जिल्लाको १३ ओं अधिबेशनमा विवाद सिर्जना भएको छ । केन्द्रीय नेताहरुले छलछाम गरी जवरजस्ती परिणाम घोषणा गरेको आरोप लागेपछि बिवाद सुरु भएको हो ।अध्यक्षका प्रत्यासी रामपल्टन साह, यज्ञराज खाती लगायतले पत्रकार सम्मेलन गरी अधिबेशनको क्रममा रातरात जवरजस्ती कांग्रेसको भापति घोषणा गरिएको आरोप लगाएका छन् ।
साहले कांग्रेसका बिमलेन्द्र निधि, आनन्द ढुङ्गाना, महेन्द्र यादब, रामसरोज यादब लगायतहरुको गुटउपगुट तयार गरी हस्तागरको दुरुपयोग गरेर आफू निकट नेता कार्यकर्ताहरुलाई सभापति बनाएको आरोप लगाए ।
कोइराला र देउवा गुटको कारण सहमति गर्ने भन्दै गरिएको हस्ताक्षरलाई दुरुपयोग गरी आफू निकटहरुलाई पदमा निर्वाचित गरिएको आरोप साहको छ ।
अधिबेशनमा किसान, मजदुर, मधेसको अस्मितामाथि कुनै छलफल नै नगरी नेता बिमलेन्द्र निधि, आनन्द ढुङ्गाना, महेन्द्र यादब लगायतले आफुखुशी नेतृत्व चयन गरेको भन्दै पुनः अधिबेशन गराउन माग गरेका छन् ।
अधिबेशनमा तत्कालका कार्यसमितिले आफ्नो कार्यकालको प्रगति प्रतिबेदन साथै भाबी योजना नीति, आर्थिक प्रतिबेदन, लेखा परीक्षण गराइएको प्रतिबेदन समेत प्रस्तुत नगरी अधिबेशन गराएको गरेको भ्रष्टाचार ढाकछोप गर्ने कार्य गरेको उनको आरोप छ ।
आफूले पदको लागि उम्मेदवारी नदिएको भन्दै कांग्रेसलाई बचाउन आफ्नो उम्मेदवारी भएको उनको तर्क थियो । कांग्रेस नेता युवराज खातीले साधरन सभानै बाइपास गरि किर्ते हस्ताक्षर गरि साधरन सभा गरी जिल्ला अधिबेशन गरेको आरोप लगाए ।
खुल्लेआम गिरोह संचालन गरि पार्टी कब्जा गरेको उहाको आरोप छ । जिल्लाका केही केन्द्रीय सदस्यहरुले सहमतिको नाममा आफूखुशी गरेर गिरोह संचालन गरेको बताए । मंगलबार सम्पन्न जिल्ला अधिबेशनले महेश शकर गिरिलाई सभापतिमा चयन गरेको थियो ।
२०७५ जेठ २ गते १७:५६ मा प्रकाशित



