breakingसमाचार

नेपालीहरूको महान् चाड बडा दशै, दीपावली, छठपर्व तथा ईदपर्व २०७८ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू
मिति २०७८ । ६ । २१
विषय शुभकामना ।
आज म स्वदेश तथा विदेशमा रहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा नेपालीहरूको महान् चाड बडा दशै, दीपावली, छठपर्व तथा ईदपर्व २०७८ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना दिन चाहन्छु । यस अवसरमा सबै नेपाली दाजुभाइ तथा दिदिवहिनीहरूको उत्तरोत्तर प्रगतिको कामना पनि गर्दछु । विश्वव्यापी कोरोना महामारीले आक्रान्त पारेको देश नेपालमा यी पर्वहरूलाई हर्सोल्लासका साथ मनाउदा पनि अत्यन्त सतर्कताका साथ सामाजिक दुरि कायम गर्दै स्वास्थ्यका मापडण्डहरू पूर्ण पालन गरेर मनाउनु हुनेछ भन्ने विश्वास लिएको छु ।
गत वर्ष बडा दशैं लगायतका पर्वहरूको शुभकामना दिदै ‘फेरि एकपटक अपहेलित, पीडित र अपमानित नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरू पुनः काङ्ग्रेसलाई सही बाटोमा हिडाउन पार्टीभित्रै आन्दोलन गर्नुपर्ने अवस्था सृजना भएको छ’ भनेको थिएँ जुन कुरा सबै पीडित र अपमानित नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरूलाई स्मरण नै होला ।
नेपाली काङ्ग्रेसको १४औ अधिवेशनका सन्दर्भमा गरिएको नयाँ क्रियाशील सदस्यता वितरण, क्रियाशील सदस्यता नवीकरण र पार्टीको स्थानीय तहको अधिवेशनले काङ्ग्रेसको राजनीतिमा सामान्य चासो राख्ने मानिसलाई नेपाली काङ्ग्रेसको वर्तमान नेतृत्वले बीपी कोइरालाले देखाउनु भएको राष्ट्रियता प्रजातन्त्र र समाजवादको बाटोलाई पूर्णतया परित्याग गरेको देखिएको छ । नेपाली काङ्ग्रेस अहिले दिसा र दृष्टिकेण विहिन भएर सत्तालाइनै आफनो गन्तव्य मानेर हिडेको देखिन्छ । यस्तो अवस्थामा वर्तमान काङ्ग्रेसको नेतृत्व जोसुकैले लिए पनि महाधिवेशनको परिणाम र उपलब्धि काङ्ग्रेसका इमान्दार र निष्टावान कार्यकर्ताहरुलाइ कौवालाइ बेल पाक्यो हर्ष न बिस्मात भन्ने उखान चरीतार्थ हुनेछ भनेर अनुमान गर्न असहज हुने छैन ।
नजिकै आएको स्थानीयतह, प्रदेश र सङ्घीय निर्वाचनमा नेपाली काङ्ग्रेसले खेल्ने भूमिकाका बारेमा पनि अब भनिरहनु नपर्ला । काङ्ग्रेसले चुनावको टिकट आप्mना नातेदार र बाँकी रहेका टिकट बिक्रिमा राख्ने कुरा अब घाम जत्तिकै छर्लङ्ग छ । गत वर्षको शुभकामनामा मैले भनेभैm ‘आफ्नो टिकट आफै लियौं योग्य व्यक्तिलाई विजयी गराऊँ’ भन्ने अभियान मात्र यसबाट मुक्ति पाउने उपाय हो । तनहुँ जिल्लाको मात्र कुरा गर्दा काङ्ग्रेसका २२०० कार्यकर्ताले साधारण सदस्यताबाट राजिनामा दिँदा र हजारांै–हजार क्रियाशील सदस्यहरूले क्रियाशील सदस्यता नवीकरण नगर्दा र गर्न नपाउँदा तनहुँका नालायक केन्द्रीय समितिमा रहेका व्यक्तिहरूको उक्साहटमा वर्तमान केन्द्रीय नेतृत्वबाट तिमीहरूले काङ्ग्रेस छोडे छोड त्यसको क्षतिपूर्ति हामी पूर्वपञ्चहरू र व्यापारीहरूबाट पुरा गर्दछौ भन्ने अभिव्यक्तिहरू सुनेर मर्माहत भएका छांैं । हामीलाई क्रियाशील सदस्यताबाट वञ्चित गरिएपछि स्थानीयतह, प्रदेश र सङ्घीय निर्वाचनमा सहभागी हुने हाम्रो बाटो अब पूर्ण रूपमा अवरुद्ध भएको छ ।
नेपाली काङ्ग्रेसको नेतृत्वबाट कुनै आशा नरहेको वर्तमान अवस्थामा तनहुँ जिल्लामा आगामी स्थानीय निर्वाचनमा ‘आफ्नो टिकट आफै लियौं र योग्य व्यक्तिलाई विजयी गराऔं’ भन्ने अभियान अन्तर्गत म यही कार्तिक २२ गतेबाट तनहुँ जिल्लाका प्रत्येक वडामा आफै उपस्थित भई यो अभियानलाई सार्थकता दिन तपाईंहरू नेपाली काङ्ग्रेसका साथीहरूसँग प्रत्यक्ष अन्तक्र्रिया गर्ने कार्यक्रम राखेको छु ।
म तनहुँ मात्र होइन देशभरका सबै अपहेलित, पीडित र अपमानित नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरूलाई सच्चा काङ्ग्रेसलाई सहयोग गर्न र अन्यायका विरुद्ध एक जुट भएर विद्रोह गर्न पनि हार्दिक आव्हान गर्दछु । आज राष्ट्रिय राजनीतिमा तनहुँको साख गिरेको छ, शिर निहुरिएको छ । राजनीति र विकास दुबै क्षेत्रमा तनहुंँ जिल्ला भूमिका विहीन भएको छ । तनहुँ जिल्लाको गिरेको साख उठाउन विशेषत तनहुँ ंजिल्लाका नेपाली काङ्ग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्ता साथीहरूलाई मेरो यो अभियानमा साथ र सहयोग दिन पनि विशेष अनुरोध समेत गर्दछु ।
जयनेपाल
तपाईंहरूको सुख दुःखमा सधै साथमा रहने
गोविन्दराज जोशी
पुर्व मन्त्री एवं पूर्व सह–महामन्त्री , नेपाली काङ्ग्रेस
nema
Show More

Related Articles

Back to top button