समाचार

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३३ सय नाघ्यो ः इटलीमा १४८ को ज्यान गयो

२३ फागुन
इटलीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तिब्र रुपमा बढेको छ । हिजो मात्रै थप ४१ जनाको मृत्यु भएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । यो सँगै इटालीमा मृत्यु हुनेको संख्या १४८ पुगेको छ । ३ हजार ८ सय ५८ जना भाइरसबाट संक्रमित छन् ।
सबैभन्दा बढी प्रभावित कोडोग्नो सहरका करिब ५० हजार मानिसलाई क्वारेन्टाईनमा राखिएको बिबीसीले उल्लेख गरेको छ । त्यसैगरी अमेरिकाको वासिंङटन डिसीमा हिजो एकै दिन ५ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
यसैबीच भाइरस संक्रमण बढ्ने क्रम तीव्र बनेपछि इरानले यात्रामा प्रतिबन्द गरेको छ । एक महिनाका लागि सबै विद्यालय बन्द गर्ने निर्णय गरेको इरानले आवात जावातमा पनि कडाइ गरेको हो । इरानमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म एक सय सात जनाको मृत्यु भइसकेको छ ।
भारतको राजधानी दिल्लीमा पनि सबै प्राथामिक विद्यालय मार्च महिनाभरिका लागि बन्द गरिएका छन् । यस्तै विद्युतीय हाजिरीमा प्रतिबन्ध लगाइएको जनाएको छ । यस्तै दक्षिण कोरिया र जापानमा पनि कोरोनाको सङ्क्रमण फैलने क्रम तीव्र बनेको छ ।
कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या ३ हजार ३ सय ८५ पुगेको छ भने संक्रमितको संख्या ९८ हजार ४ सय १५ पुगेको छ । जसमा ५५ हजार ६ सय ११ जना उपचारपछि घर फर्किएका छन् । चीनमा मात्रै ५३ हजार भन्दा बढी मानिस उपचारपछि घर फर्किएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button