विश्व

अबैध आप्रवासी सवार डुंगा डुब्दा ४६ जनाको मृत्यु÷ १६ जना वेपत्ता ।

२४ जेष्ठ, काठमाडौ÷अफ्रिकी मुलुक ईथियोपियाका अबैध आप्रवासी सवार डुंगा अदेनको खाडीमा डुब्दा कम्तिमा ४६ जनाको मृत्यु भएको छ । सय जना इथियोपियन शरणार्थीसहित सोमालियाको बोसास्सो तटीय क्षेत्रबाट तस्करीका लागि हिँडेको डुंगा यमन नजिक अदेनको खाडीमा डुबेको हो । डुंगा डुब्दा कम्तिमा ४६ जनाको मृत्यु भएको र १६ जना वेपत्ता भएको बताइएको छ । केहीलाई भने उद्धार गरिएको छ । अन्तर्रा्ष्ट्रिय आप्रवासी संगठन (आई.ओ.एम.) का अनुसार उक्त डुंगामा ८३ पुरुष र १७ महिला सवार थिए । यमन र अन्य खाडी मुलुकमा रोजगारीको खोजी गर्न आप्रवासीहरुले अवैध बाटो लिएको जनाइएको छ । ईथियोपियामा जारी हिंसाका कारण हरेक महिना कम्तिमा ७ हजार आप्रवासीहरु तस्करीको बाटो हुँदै तेस्रो मुलुक पुग्ने गरेका छन् ।

nema
Show More

Related Articles

Back to top button