समाचार
असार महिनाको पहिलो कारोवारमा नेप्से दोहोरो अंकले गिरावट
काठमाडौं, असार ३ । असार महिनाको पहिलो कारोबार आज नेपाल स्टक एक्सचेन्ज नेप्से दोहोरो अंकले गिरावट आएको छ । आज नेप्से १४ दशमलव ७ अंकले घटेर १२३३ दशमलव २३ बिन्दूमा आइपुगेको छ ।
यस दिन कुल ६ लाख ४९ हजार ९०९ कित्ता शेयर २३ करोड ८५ लाख १४ हजार १८६ रुपैयाँमा कारोबार भएको छ । हप्ताको पहिलो दिन आइतबार कारोबारमा आएको होटल समूहबाहेक अन्य सबै समूहमा गिरावट आएसंगै नेप्सेमा गिरावट आएको हो ।
