समाचारनेपाली कांग्रेस
ब्यवस्थापन राम्रो हुन सकेमात्र काँगे्रस बलियो हुने ः बरिष्ठ नेता रामचन्द्र पौडेल
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र राम्रो व्यवस्थापन हुन नसक्दा काँग्रेसले पराजय भोग्नु परेको बताउनुभएको छ । चितवनमा आज पत्रकारसँग कुरा गर्दै उहाँले व्यवस्थापन राम्रो हुन सके पार्टी बलियो बन्दै जाने बताउनुभयो । पार्टी विधानअनुरुप चल्नुपर्नेमा जोड दिँदै नेता पौडेलले पार्टीलाई स्वच्छ , पारदर्शी ढंगले चलाउन र आन्तरिक लोकतन्त्र सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो । पार्टी व्यवस्थापनभन्दा पनि अहिले जेनतेन चलिरहेको बताउँदै उहाँले अब कसरी चल्छ हेर्दै जाने उल्लेख गर्नुभयो ।
