समाचार

रानीपोखरी पुनर्निर्माण स् प्रयोग भएका कंक्रिट एक साताभित्र हटाइने

८ आषाढ, काठमाडौैँ÷रानीपोखरी पुनःनिर्माणका क्रममा यसअघि प्रयोग भएका कङ्क्रिट एक साताभित्र हटाइने भएको छ।
१० दिनयता सुरु भएको उक्त कार्य अबको एक हप्ताभित्र सम्पन्न गरी पुनःनिर्माणका लागि बोलपत्र आह्वान गर्ने र निर्माण कम्पनीलाई जिम्मा दिइसक्ने जानकारी काठमाडौँ महानगरपालिकाले दिएको छ।
भूकम्प जानुअघि जस्तो अवस्थामा रानीपोखरी रहेको थियो सोहीअनुरुप पुनःनिर्माणको काम सम्पन्न गरिने कामपाका इन्जिनियर राम थापाले बताए।
१८ महिनादेखि निर्माण कार्य भइरहेको रानीपोखरीमा आधुनिक निर्माण सामग्री प्रयोग भएको चौतर्फी विरोध आएपछि विगतमा निर्माणका क्रममा प्रयोग भएका आधुनिक निर्माणका सामग्री हटाउन लागिएको हो।
यसअघि कामपाले जेठ १५ गतेदेखि पुनःनिर्माण सुरु गर्ने भनिए पनि हालसम्म पुनःनिर्माण हुन सकेको छैन। २०७२ को भूकम्पबाट रानीपोखरी र पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरमा पनि क्षति पुगेको थियो।
गत पुस १३ गते पुनःनिर्माणका लागि गठन गरिएको विज्ञ समूहले प्रतिवेदन बुझाउने क्रममा प्रताप मल्लकालीन शैलीमा निर्माण गर्न कुनै समस्या नहुने भन्दै सोहीअनुरुप निर्माण गर्न सुझाव दिएका थिए।
रोकिएको काम सुरु गर्न गत चैत २२ गते संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालबीच भएको छलफलले आधुनिक निर्माणको सामग्री हटाउने निर्णय गरेको थियो।
पुनःनिर्माणमा स्थानीयवासीको चासो
स्थानीय बासिन्दाले पनि रानीपोखरीलाई मल्लकालीन शैलीमा नै निर्माण गरिनुपर्नेमा चासो देखाएका छन्।
गत मंगलबार उपप्रमुख हरिप्रभा खड्गी ९श्रेष्ठ० लाई, सम्पदा बचाऊ अभियानमा आबद्ध युवाको समूहले भेटेर रानीपोखरीलाई मल्लकालीन शैलीमा पुनःनिर्माण गरिदिन आग्रह गर्दै प्रतिवेदन बुझाएका छन्।
अभियानलाई नेतृत्व गरिरहेका आलोकसिद्धि तुलाधर र गणपतिलाल श्रेष्ठ नेतृत्वको समूहले काठमाडौँका ४४ भन्दा बढी पर्व र ५१ बढी तीर्थस्थलको गरिमा बचाइदिन पनि आग्रह गरेको थियो।
यस क्षेत्रका आधुनिक संरचना हटाएर, प्राचीन झल्को दिने स्वरुपमा रुपान्तरण गर्न पनि प्रतिवेदनमार्फत कामपालाई आग्रह गरिएको छ।रासस

nema
Show More

Related Articles

Back to top button