संस्था गतिबिधीनेपाली कांग्रेस

नेपाली काँगे्रस नुवाकोटका पूर्व सभापति विष्णु आचार्यको निधन

 

काठमाडौ श्रावण १३÷ नेपाली कांग्रेस नुवाकोटका पूर्व जिल्ला सभापति एवं वीपी विचार राष्ट्रिय समाज नुवाकोटका सभापति विष्ण्ुा आचार्यको उपचारका क्रममा राजधानीको विर अस्पतालमा ६३ बर्षको उमेरमा निधन भएको छ । पित्त नलीको क्यान्सरको उपचारका क्रममा निधन भएको वी.पी विचार राष्ट्रिय समाज नुवाकोटका उपाध्यक्ष प्रमोद रिमालले जानकारी दिनुभयो ।
उहाँको आइतवार पशुपति आर्यघाटमा दाहसत्कार गरिएको छ । उहाँको पार्थिव शरिरमा छोरा दिनेश आचार्यले दाग वत्ती दिनुभयो ।
उहाँको पार्थिव शरिरमा नेपाली काँग्रेसका पूव सहमहामन्त्री गोविन्दराज जोशी तथा नेता जगदीश नरसिँह केसीले पार्टीको झण्डा ओढाउनुभएको थियो । अन्तिम श्रदान्जली दिन नेपाली काँगे्रसका नेताहरु गोविन्दराज जोशी अर्जुननरसिँह केसी, , काँगे्रस नुवाकोटका सभापति जगदिश नरसिँह केसी, वी.पी विचार राष्ट्रिय समाजका महासचिव विनयध्वज चन्द, नुवाकोट काँगे्रसका पूव सभापति धुव्र अधिकारी लगायतका नेता तथा तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।
पंचायत शासन कालमा समेत निरन्तर काँगे्रसमा रहेर नेपाली काँगे्रसको दियो जलाइरहनुभएका आचार्य नुवाकोट काँगे्रसका जिल्ला सचिव, र सभापति हुनुभएको थियो । आचार्यको निधनले पार्टीमा अपुरणीय क्षति पुगेको नेता गोविन्दराज जोशीले बताउनुभयो ।
स्वर्गीय आचार्यका एक धर्मपत्नी, दुई छोरा र तीन छोरी छन । उहाँको निधनमा वी.पी विचार राष्ट्रिय समाजले एक वक्तब्य प्रकाशित गरि शोक सन्तब्ध परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ । यसैबीच वी.पी विचार राष्ट्रिय समाज नुवाकोट शाखाले पनि आचार्यको निधनले अपुरणीय क्षति पुगेको भन्दै परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

nema
Show More

Related Articles

Back to top button