वायुसेवा निगमको वाइडबडी अन्नपूर्णको ब्यवसायिक उडान आज रातीदेखि हुँदै
१६ साउन, काठमाडौैँ÷नेपाल वायुसेवा निगमले चीनबाट भित्र्याएको अन्नपूर्ण नाम राखिएको वाइडबडी विमानले बुधबार (आज) देखि उडान सुरु गदैछ । कतारको दोहाबाट पहिलो व्यावसाियक उडान सुरु गदै वाइडबडीले आफ्नो उडान सुरु गर्न लागेको हो । निगमको पहिलो वाइडबडी विमान ‘९–एन–एएलवाई’ बुधबार राति ९ः२५ बजे कतारको दोहाका लागि प्रस्थान गर्दैछ ।
अन्नपूर्णलाई दोहाका लागि नियमित उडानको सेड््युलमा राखिएको छ । नियमित उडानको सेड्युलमा राखिए पनि यात्रुको चापका आधारमा उडानको सेड्युलमा राखिने निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठलेबताए ।
२७४ सिट रहेको विमानमा १८ बिजनेस क्लास र २५६ इकोनोमी क्लासका सिट छन् । पहिलो उडानामा अप–डाउनमै सबै सिट भरिने निगमको अपेक्षा रहेको श्रेष्ठले बताए ।
कतार नेपाली युवाको वैदेशिक रोजगारको प्रमुख गन्तव्य मध्येको एक हो । आर्थिक वर्ष २०७४–०७५ मा १ लाख ११ हजार ७९ नेपाली रोजगारका लागि कतार पुगेका थिए भने २०७३–०७४ मा यो संख्या १ लाख २१ हजार ३१७ थियो ।