breakingसमाज

टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गर्ने सरकारको तयारी

२७ साउन काठमाडौैँ÷सरकारले नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गर्ने सरकारले तयारी गरेको छ । कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै मन्त्रिपरिषद्को शुक्रबारको बैठकले ७२ घण्टे स्पष्टीकरण सोधेको छ । अब कुनै मौका नदिने गरी राजभण्डारीलाई स्पष्टीकरण सोधेको श्रोतले बताएको छ ।
राजभण्डारीलाई शुक्रबार नै स्पष्टीकरण पत्र थमाएको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले जानकारी दिएको छ ।
गत वैशाखमा पनि उनलाई स्पष्टीकरण सोधिएको थियो । त्यतिबेला मन्त्रिपरिषद बैठकले राजभण्डारीलाई कार्यसम्पादन शर्तहरु राखेर सचेत मात्र गर्न निर्णय गरेको थियो । उनीसँग शर्तनामा बमोजिम टेलिकमको सेवा नसुध्रिएको र कम्पनी थप ओरालो लागिरहेको निश्कर्ष सरकारले निकालेको छ ।
राजभण्डारी २०७३ असोजमा तीन वर्षको लागि नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त भएकी थिइन्। उनी पहिलो पटक खुला प्रतिस्पर्धाबाट छानिएकी प्रबन्ध निर्देशक पनि हुन् ।
उनले २०४२ सालमा ईन्जिनियरको रुपमा टेलिकम प्रवेश गरेकी थिइन । । प्रबन्ध निर्देशक हुनुअघि उनी टेलिकमको प्रमुख प्राविधिक अधिकृतको रुपमा कार्यरत उनीमाथि पटक पटक टुजी र थ्रीजीसेवा विस्तारमा ढिलाई गरिरहेको, रिटायर्ड हुन लागेका कर्मचारीलाई हस्ताक्षर गर्न लगाएर चिनियाँ कम्पनीलाई थप साढे २ अबरुपैयाँ रकम दिएको लगायतका आरोप छन् ।

nema
Show More

Related Articles

Back to top button