समाचार
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो
४ भाद्र, काठमाडौैँ÷ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतवार १२ बजेदेखि लागू हुने गरी नियमले पेट्रोलमा एक रुपैयाँ तथा डिजेल र मट्टितेलमा २—२ रुपैयाँ मूल्य बढाएको हो । नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १ सय ११ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर ९५ रुपैयाँ भएको छ । हवाई इन्धनमा समेत प्रतिलिटर ४ रुपैयाँ ५ पैसा वृद्धि भएको निगमले जनाएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जानकारी दिएको छ ।
