८ साउन, काठमाडौैँ÷अमेरिकाको हवाई प्रान्तमा भारी बर्षा र आँधीका कारण हजारौं मानिस विस्थापित भएपछि आपतकालिन अवस्था घोषणा गरिएको छ । बाढी र पहिरोका कारण सयौं घर डुबानमा पर्नुका साथै दर्जनौं घर भत्केका छन् । हवाई लगायत अलोहा शहर डुबानमा पर्दा अधिकांश स्कूल र कलेज बन्द गरिएका छन् । आन्तरिक र बाह्य उडान रद्द गरिएका छन् । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन र विस्थापितलाई सुरक्षित स्थानतर्फ सार्न निर्देशन दिनुभएको छ । आँधीले थुप्रै सवारीसाधनमा क्षति पुग्नुका साथै सार्वजनिक यातायात अवरुद्ध बनेको छ । बिजुली आपूर्ति बन्द भएको छ ।
