क्रान्ति सुरु भयो तर वीपीसँग सामान्य गुजारा समेत गर्ने पैसा थिएन
नेपाली काँगे्रसका एक पुराना नेता लेखनाथ न्यौपानेको जन्म विक्रम संवद १९९१ साल बैशाक १ गते भक्तपुर जिल्लामा भएको थियो । २००७ सालदेखिनै नेपाली काँगे्रसको किसान संघबाट राजनीति सुरु गरेका भक्तपुर जिल्लाका पूर्व सभापति समेत भए । २०११ सालमा नेपाली काँगे्रसको सक्रिय सदस्यता प्राप्त गरेका न्यौपानेले धेरै बर्ष जेल जिवन भोगेका छन् । जननायक वीपी कोइरालाका एक विश्वास प्रात्रको रुपमा समेत उनी चिनिन्छन । उनी काँगे्रसको क्रान्तिलाई सफल पार्नको लागि २०१८ सालदेखि ८ बर्ष भारतमा निर्वासन जिवन विताउन समेत बाध्य भएका थिए । पटक पटक गरेर करिव साँढे ३ बर्ष जेल जिवन भोगेका न्यौपाने तत्कालिन भक्तपुर जिल्लाका काँगे्रस सभापति तथा २०५६ सालमा साँसद पनि भएका थिए । नेपाली काँगे्रसको स्थापनाकालदेखिको इतिहासका बारेमा जानकार न्यौपानेसँग वीपी विचार डटकमका लागि कृष्ण न्यौपानेले कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
