विचारनेपाली कांग्रेस

कांग्रेस महासमिति बैठक : आशा र आशंका

कति पीराे कति मिठाे !

नेपाली कांग्रेसको महासमिति बैठक शनिबार बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम छ । काठमाडौंमा हुने भेलामा २४० निर्वाचन क्षेत्रबाट एक महिलासहित पाँच जनाका दरले एक हजार दुई सय महासमिति सदस्य सहभागी हुनेछन् । भातृ संस्थाका प्रमुखहरू, सभापतिले चयन गरेका १० जना प्रतिनिधि, विदेशस्थित जनसम्पर्क समितिका प्रमुखहरू, पुराना केन्द्रीय सदस्यहरू बैठकमा सहभागी हुँदैछन् ।
भेलामा के पाक्छ भन्ने धेरैको चासो छ । पार्टीभित्र र बाहिर ।
आशा गर्ने ठाउँ

  1. पार्टी संगठन सुद्धृढीकरण
  2. नीति नियम तथा कार्यक्षेत्रमा छलफल
  3. आगामी कार्यदिशाको तय
  4. नेतृत्व विकास

आशंका गर्ने ठाउँ 

  1. पार्टीको आर्थिक तथा राजनीतिक बाहेक विधानकै सन्दर्भमा निष्कर्ष निस्कनेमा आशंका
  2. गुट गुटको थप प्रशय
  3. अनावश्यक तडकभडक र पार्टीलाई आर्थिक बोझ
  4. महासमितिको भेला भयो भन्ने देखावटी मात्र
  5. सैद्धान्तिक भन्दा पनि मनोरञ्जन र ‘हाइ हेल्लो’ मा सीमित

एजेण्डामा के होला छलफल ?

  1. विधानको दृष्टिकोण पार्टी र विधानकेन्द्रित नभई केवल आफूकेन्द्रित
  2. आ-आफ्ना कमीकमजोरी ढाकछोप गर्न अर्कोलाई आरोप लगाइने
  3. विरोधी र फरक मत पक्षधरहरुलाई किनारा लगाउने प्रयास
  4. वास्तविक भन्दा सस्तो प्रजारबाजी
  5. संगठन सुद्धृढीकरणको नाममा नेताको व्यवस्थापनको तयारी

गर्नुपर्ने सुधार

  1. सैद्धान्तिक प्रष्टताको खाँचो
  2. संगठनको संरचना परिवर्तन गर्दा नेता व्यवस्थापन भन्दा पनि आवश्यकता र तथ्यमा आधारित हुनुपर्ने
  3. पार्टीप्रति इमानदारी,कर्तव्यनिष्ठ, आशावादी नयाँ नेतृत्वको खोजी तथा विकास गर्नुपर्ने
  4. संगठनलाई मजबुत बनाउन विधान सहमतिमा सर्वसम्मतको वातावरण निर्माण गर्नुपर्ने
  5. धर्म तथा राष्ट्रियतामा पार्टी स्पष्टता हुनुपर्ने
  6. नेता कार्यकर्ता सस्तो लोकप्रियताको पछाडी नदौडिएर व्यवहारिकतामा रहेर स्थानीय तहसम्म पुग्नुपर्ने ।।

भट्टराई बी.पी. विचार विद्यार्थी समाजका अध्यक्ष हुन् ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button