समाचारनेपाली कांग्रेस

नेविसंघले सरकारका गलत कामको देशब्यापी भन्डाफोर गर्ने

काठमाडौं, चैत २९ । सत्तारुढ नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले सरकारका गलत काम र प्रवृत्तिको देशव्यापी भन्डाफोर अभियान सञ्चालन गर्ने भएको छ ।
नेविसंघले शुक्रबार काठमाडौंमा खबदारीसभा गरी सरकारले लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्र मास्न लागेको भन्दै खबरदारी गर्ने उद्घोष गरेको हो ।
सरकार अधिनायकवाद लाद्ने बाटोमा अग्रसर भएको भन्दै नेविसंघले सरकारविरुद्ध जनदबाब सिर्जना गर्दै सडक आन्दोलनसमेत गर्ने चेतावनी समेत दिएको छ ।
केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचार र महँगी बढाउँदै जाँदा जनतामा निराशा बढ्न थालेको निष्कर्षसहित नेविसंघ आन्दोलनमा उत्रिन लागेको हो ।
नेविसंघका नेता कुन्दनराज काफ्लेले सरकारका गलत कामको खबरदारी गर्न देशभरका कार्यकर्तालाई निर्देशन दिएको बताएका छन् ।
नेविसंघ प्रदेश नम्बर–३ का संयोजक रामप्रसाद अधिकारीले सरकार र माउ पार्टी दुवैलाई खबरदारी गरिने उल्लेख गरे ।

nema
Show More

Related Articles

Back to top button