समाचारनेपाली कांग्रेस

रामचन्द्र विरुद्ध गृहजिल्लामा जोशीको समानान्तर जिल्ला कार्यसमिति

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वसहमहामन्त्री गोविन्दराज जोशीबीचको विवाद उत्कर्षमा पुगेको छ । दुई नेताबीचको विवाद चुलिँदा तनहुँ जिल्लामा दुई वटा जिल्ला कार्यसमिति बन्ने अवस्था सिर्जना भएको हो।
पौडेलको पेलानमा परेका पूर्वसहमहामन्त्री जोशीनिकटको समूहले तनहुँमा समानान्तर जिल्ला कार्यसमिति बनाउन लागेको हो ।
बिहीबार दमौलीमा पत्रकार सम्मेलन गरेर जोशीनिकट नेता तथा कार्यकर्ताहरूले जिल्ला नेतृत्वप्रति असन्तुष्टि जनाएका छन् । उनीहरूले अलग विशेष भेलाको घोषणा समेत गरेका छन् ।
पार्टीको जिल्ला नेतृत्व परिवर्तन गर्न भन्दै उनीहरूले आगामी माघ ८ गते विशेष अधिवेशन आयोजना गर्ने जनाएका छन् ।
जोशीनिकट समूहले पार्टी नेतृत्वको गतिविधि कमजोर भएको र निर्वाचनमा समेत सबै सीटमा पराजय भोग्नुपरेको भन्दै त्यसप्रति चर्को असन्तुष्टि व्यक्त गरेको थियो ।
जोशीले चुनावमा पार्टी कमजोर हुनुमा नेतृत्वको हात भएको भन्दै सोही कारण नेतृत्व परिवर्तन गर्नुपरेको दावी गरेका छन । नेता जोशीले पार्टीका क्षेत्रीय प्रतिनिधिलाई महाधिवेशन डाक्ने अधिकार भएको बताए । तनहुँ कांग्रेसलाई बलियो बनाउन विशेष अधिवेशन बोलाइएको काँगे्रस नेता जोशीले वीपी विचार डटकमलाई बताएका छन् ।
अधिवेशनमा उनले पार्टीको विधानअनुसार २५ प्रतिशतभन्दा बढी क्षेत्रीय प्रतिनिधि आउने दावी गरेका छन् ।
प्रतिनिधिसभा निर्वाचनको बेला कांग्रेस नेता रामचन्द्र पौडेलविरुद्ध उम्मेदवारी दिएका नेता जोशीको उमेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button