समाचारनेपाली कांग्रेस

नेपाली काँगे्रसका नेता तारा कोइरालाको निधन

२४ पौष, काठमाडौैँ÷ नेपाली कांग्रेस लम्जुङका पुराना व्यक्तित्व ७५ वर्षीय श्री तारा कोइरालाको मंगलवार( २०७५ साल पौष २४ गते) विहान मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको छ । स्वर्गीय कोइराला वि।सं। २०१७ सालपछि नेपाली कांग्रेस जिल्ला कार्यसमिति, लम्जुङको संस्थापक सभापति हुनुभएको थियो । वि।सं। २०३६ सालमा जननायक बी।पी। कोइराला स्याङ्जाको कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा बी।पी।लाई लक्षित गरी तत्कालीन व्यवस्थाले चलाएको गोली लागी तारा कोइराला गम्भीर घाइते हुनु भएको थियो । उक्त गोली काण्डबाट उहाँको एउटा खुट्टा काट्नु परेको थियो ।


कोइरालाले— नेपाल विद्यार्थी संघ लम्जुङको संस्थापक अध्यक्ष, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ लम्जुङको संस्थापक अध्यक्ष, राष्ट्रिय अपाङ्ग कोषको पूर्व अध्यक्ष तथा पार्टीको महाधिवेशन प्रतिनिधिको समेत कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नु भएको थियो । नेपालमा लोकतन्त्र वहालीको संघर्षका क्रममा कोइरालाले करीब २ वर्ष जेल जीवन समेत व्यतित गर्नु भएको थियो ।

यसैबीच, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोइरालाको निधनप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ । नेपाली कांग्रेसका क्रियाशील व्यक्तित्व एवं मेरा मित्र तारा कोइरालाको निधनको खबरले मलाई अत्यन्त स्तब्ध र दुःखीत बनाएको छ —उहाँले शोक विज्ञप्तीमा जनाउनुभएको छ ।
कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याउनु भएको सक्रिय योगदान नेपाली कांग्रेसको इतिहासमा सदैव स्मरणीय रहिरहनेछ । उहाँको निधनबाट पार्टीले एक कुशल व्यक्तित्वलाई गुमाएको छ र पार्टीलाई अपूरणीय क्षति पुगेको छ । उहाँको निधनप्रति सभापति देउवाले दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको हो ।

nema
Show More

Related Articles

Back to top button