breakingसमाचारनेपाली कांग्रेस
नेविसंघले राजधानीमै जलायो प्रधानमन्त्री ओलीको पुत्ला
काठमाडौं । नेपाली काँगे्रसको महत्वपूर्ण भातृ संस्था नेपाल विद्यार्थी संघ ले प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।
नेविसंघको काठमाडौं जिल्ला अध्यक्ष मनोज वैद्यको नेतृत्वमा आइतबार काठमाडौैँको चावहिलमा प्रधानमन्त्री ओलीको पुत्ला जलाएको नेविसंघले जनाएको छ ।
नेपाली काँग्रेसका दुई पूर्व सभापति एवं पूर्वप्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका दुई अस्पताललाई ओली नेतृत्वको सरकारले नियतवश केन्द्र सरकार मातहतमा नराखेपछि नेविसंघ आक्रोशित भएको हो ।
त्यसैगरी सत्याग्रही डा गोविन्द केसीसंग ओली सरकारले सम्झौता गरेर पनि सो सम्झौता अनुसार चिकित्सा शिक्षा विधेयक नल्याएको भन्दै नेविसंघले देशैभर आन्दोलन चर्काएको छ ।
