प्रेस युनियनका पदाधिकारीहरुलाई वीपी विचार समाज धनुषाको सम्मान
२० माघ, धनुषा÷ वीपी विचार राष्ट्रिय समाज जिल्ला कार्यसमिति धनुषाले आइतबार नेपाल प्रेस युनियन धनुषाका नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई सम्मान गरेको छ ।
नेपाल प्रेस युनियन धनुषाका पदाधिकारी एवं सदस्यहरुलाई सम्मान कार्यक्रम एवं वर्तमान परिवेशमा लोकतन्त्रवादीहरुको एकता विषयक ‘विचार गोष्ठी’मा उनीहरुलाई वीपी विचार राष्ट्रिय समाज धनुषाका सभापति सुरेश कोइरालाले दोसल्ला ओढाएर सम्मानीत गरेका हुन ।
सम्मानीत हुनेहरुमा नेपाल प्रेस युनियन धनुषाका अध्यक्ष राजनकुमार सिंह, उपाध्यक्षद्धय अकुल साह,र विनिता ठाकुर, सहसचिव मिनु झा, पत्रकार महासंघका केन्द्रीय सदस्य शैलेन्द्र झा, पत्रकार महासंघ प्रदेश नंवर २ का कोषाध्यक्ष प्रविण साह, सदस्यहरुमा राहुल सिंह, अभय शर्मा, चन्दन ठाकुर, अम्बिका मण्डल, किशोर मण्डल, चन्दन साह, रहेका छन् । साथै केन्द्रीय पार्षद अजय झा लगायतलाई पनि सम्मानीत गरिएको समाजले जनाएको छ ।
कार्यक्रममा वीपी विचार राष्ट्रिय समाजका केन्द्रीय सदस्य बजरंगप्रसाद शाह र चुन्नीशरण यादव लगायतको उपस्थिति रहेको थियो ।
