breakingसमाचार

भारत—पाकिस्तान तनाव बढेपछि नेपालमा उच्च सुरक्षा सतर्कता अपनाइयो

काठमाडौँ÷ भारतले मंगलबार बिहान ३ बजे पाकिस्तान नियन्त्रित कश्मीरमा एक हजार किलोको बम खसाएसँगै नेपालमा सुरक्षा सतर्कता बढाइएको छ ।

भारतीय मिराज–२००० लडाकू विमानले पाकिस्तान नियन्त्रित कश्मीरस्थित बालाकोट क्षेत्रमा एक हजार केजीको बम खसालेको हो । बम खसालिएको क्षेत्रमा कश्मीरको पुलवामा आक्रमणमा संलग्न जैस ए मोहम्मदको अखडा रहेको दाबी भारतीय वायु सेनाले गरेको छ । आक्रमणमा ३ सय भन्दा बढी आतंकवादी मारिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भारत–पाकिस्तानबीच कश्मीरमा युद्धको तनाव बढेसँगै छिमेकी देश नेपालमा पनि उच्च सुरक्षा सतर्कता अपनाइएको हो । नेपाल–भारत खुल्ला सिमाना रहेका कारण हुन सक्ने सम्भावित घुसपैठ र सुरक्षा खतरालाई ध्यान दिँदै निगरानी बढाइएको जानकारी नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिएका छन् ।

प्रवक्ता सुवेदीका अनुसार पाकिस्तानी भूमि बालकोट क्षेत्रमा भारतले बम खसालेसँगै बढ्न सक्ने सम्भावित तनावलाई ध्यानमा राखेर सुरक्षा सतर्कता बढाइएको हो । प्रहरी प्रधान कार्यालयले भारतसँग जोडिएको सीमाक्षेत्र र अन्तर्राष्ट्रि उडान हुने एक मात्रै त्रिभुवन विमानस्थल सुरक्षा सतर्कता उच्च बनाइएको हो ।

नेपालमा विशेष गरी अवैध हतियार, जाली नोट र लागूऔषधको कारोबार हुने गरेको छ । नेपालको बाटो हुँदै यी सामग्रीको तस्करी भारतसम्म हुने गरेको कुरा यसअघिका घटनाले पुष्टि गरिसकेका छन् । यस्तोमा प्रहरीले सिमाना र विमानस्थलमा उच्च सतर्कता अपनाएको हो ।

भारत–पाकिस्तान तनाव चुलिँदै गएका बेला आइतवार बंगलादेशको राजधानी ढाकाबाट दुबईतर्फ उडिरहेको विमान बंगलादेशको एउटा विमान अपहरण गर्ने प्रयास भएपछि नेपालमा पनि सतर्कता बढाइएको हो ।

अपहरणप्रयास भएपछि १४२ यात्रु सवार विमानलाई चित्तगंगमा आपतकालीन अवतरण गराइएको थियो। विमान अवतरण गरिएपछि ककटपिटभित्र प्रवेश गर्न खोज्ने एकजना २५ वर्षीय युवकलाई गिरफ्तार गरिएको बंगलादेशी प्रहरीले जनाएको छ।

nema
Show More

Related Articles

Back to top button