समाचार

राप्रपा संयुक्तसँगको एकिकरणपछि पार्टी फुट्न नदिने अध्यक्ष थापाको प्रतिवद्धता

२७ फागुन, काठमाडौैँ÷ राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले राप्रपा संयुक्तसँगको एकीकरणपछि पार्टी फुट्न नदिने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । पार्टी एकताको पूर्वसन्ध्यामा आज बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उहाँले पार्टी एकता फुट्छ कि भनेर नकारात्मक सोच र आशङ्का नगर्न आग्रह गर्नुभएको हो । भोली राप्रपा र राप्रपा संयुक्तबीच पार्टी एकता हुँदैछ ।
 
अध्यक्ष थापाले पार्टी एकताले पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र, राजासहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन र उदार अर्थतन्त्रको धरालतलाई सबल बनाउन थप शक्ति प्रदान हुने विश्वास व्यक्त गर्नुभयो । थापाले कम्युनिष्ट र कांग्रेसको वैकल्पिक शक्ति जनताले खोजिरहेको उल्लेख गर्दै राप्रपाले आफूलाई वैकल्पिक शक्तिको रुपमा उभ्याउनुपर्नेमा जोड दिनुभयो ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button