समाचारविश्व

चीनको औद्योगिक क्षेत्रमा विस्फोट हुँदा मृत्यु हुनेको संख्या ४७ पुग्यो

याङचेङ÷ चीनको जिअंगसु प्रान्तस्थित याङचेङ शहरमा रहेको औद्योगिक क्षेत्रमा विस्फोट हुँदा मृत्यु हुनेको संख्या ४७ पुगेको छ। विस्फोटमा घाइते भएका ६४० जनाको अस्पतालमा उपचार भइरहेको छ। ९० जनाको अवस्था निकै गम्भीर रहेको चिनीँया सञ्चार संस्था सिन्ह्वाले जनाएको छ ।

विस्फोटका कारण चीनमा २ दशमलव २ म्यागनिच्यूडको भूकम्प गएको त्यहाँको भूगर्भ विभागले जनाएको छ ।

यस घटनालाई चीनको औद्योगिक इतिहासकै दुखद घटनाका रुपमा लिइएको छ।

स्थानीय रासायनिक मल उत्पादन गर्ने कम्पनीमा विस्फोट हुँदा अन्यत्र समेत आगो फैलिएको अधिकारीहरुले बताएका छन्।

शक्तिशाली विस्फोटका कारण नजिकै रहेको दुई भवनमा समेत क्षती पुगेको छ ।

आगलागी नियन्त्रणमा लिनका लागि ८६ अग्नि नियन्त्रक गाडी घटनास्थलमा प्रयोग गरिएको थियो। प्रहरीले विस्फोटबारे थप अनुसन्धान गरिरहेको छ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button