breakingनेपाली कांग्रेस

कांग्रेस जिल्ला सभापति नयाँ विधानप्रति असन्तुष्ट,केन्द्रसँग समन्वय नगरी भेलाको तयारी

काठमाडौं÷ पार्टीको नयाँ विधानप्रति असन्तुष्ट रहेका कांग्रेसका जिल्ला सभापतिले केन्द्रसँग समन्वय नगरी भेलाको तयारीमा जुटेका छन् । चैत २० देखि २५ भित्र भेला गर्ने गृहकार्य भइरहेको छ।
केन्द्रीय कार्यसमितिले विधान पारित गरेलगत्तै पार्टीका ५६ जिल्ला सभापतिले संयुक्त विज्ञिप्ति निकाली महासमिति बैठकमा उठेका कुरा विधानमा समेट्नुपर्ने माग गरेका थिए। केन्द्रको उक्त निर्णय नसच्याइए विशेष महाधिवेशन माग गर्न सक्ने चेतावनी उनीहरूले पार्टी नेतृत्वलाई दिएका थिए। नेतृत्वले महासमिति सदस्यको भावनाविपरीत विधान केन्द्रीय कार्यसमितिबाट पारित गराएकाले भेला गर्न लागिएको जिल्ला सभापतिले जनाएका छन्। यसको अगुवाइ नुवाकोट कांग्रेसका सभापति जगदीश्वरनरसिंह केसीले गरेका छन्। पार्टीको निर्णयलाई कसरी लिने र अब कसरी अघि बढ्ने भन्ने विषयमा विस्तृत छलफल हुने केसीले बताए ।

महासमिति बैठकको पूर्वसन्ध्यामा पनि जिल्ला सभापतिले नुवाकोट ककनीमा बैठक गरी विधानमा सामूहिक धारणा बनाएका थिए। उनीहरूले ककनी बैठकका निर्णय सभापति शेरबहादुर देउवालाई बुझाएका थिए। उनीहरूले महासमिति बैठकमा पनि त्यही विषय उठाएका थिए। उनीहरूले केन्द्रीय नेता पनि तल्लो तहबाट निर्वाचित भएर महाधिवेशन प्रतिनिधि बन्नुपर्ने, समानुपातिक कोटामा एक व्यक्तिलाई एकपटक मात्रै अवसर दिनुपर्नेलगायत माग राख्दै आएका छन्। नयाँ विधानले केन्द्रीय सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि बन्न पाउने व्यवस्था गरेको छ।
फागुन १० मा बसेको केन्द्रीय कार्यसमिति बैठकले बहुमतका आधारमा विधान पारित गरेको थियो।

यसैबीच, कांग्रेस महामन्त्री डा।शशांक कोइरालाले संघीयता र गणतन्त्र राजनैतिक उपलब्धि भएकाले यसलाई संस्थागत गर्न लाग्नुपर्ने बताएका छन्। आफूले संघीयता र गणतन्त्रका बारेमा जनमत संग्रह गर्नुपर्ने कुरा नभनेको प्रष्टिकरण दिएका छन्।

नेपाल प्रेस युनियन चितवनले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले संविधानमा उल्लेख गरिएको विषय संस्थागत गर्न सबै शक्ति लाग्नुपर्नेमा जोड दिए।

अन्नपूर्णपोष्टबाट

nema
Show More

Related Articles

Back to top button