breaking

बी.पी विचार राष्ट्रिय समाज संगठन विस्तारमा तिव्र, रुपन्देही,पाल्पा र रोल्पामा जिल्ला कार्यसमितिहरु गठन ,चाँडै पाँच नंवर प्रदेश स्तरीय भेला हुने ।

काठमाडौैँ÷बीपी विचार राष्ट्रिय समाज पछिल्ला दिनहरुमा संगठन विस्तारमा केन्द्रीत भएको छ । समाजका प्रदेश नंवर ५ का सभापति एवं पूर्वमन्त्री रेवतीप्रसाद भुसालको सक्रियतामा रुपन्देही, पाल्पा र रोल्पा जिल्लामा कार्यसमिति गठन भएको समाजद्धारा जारी गरिएको विज्ञप्तीमा जनाइएको छ ।
रुपन्देही जिल्लामा शरद भट्टराईको सभापतित्वमा २१ सदस्यीय कमिटि गठन भएको छ । त्यसैगरी पाल्पा जिल्लामा माधवप्रसाद नेपालको सभापतित्वमा २१ सदस्यीय कार्यसमिति गठन हुँदा रोल्पामा खगेन्द्र प्रकास हमालको सभापतित्वमा २१ सदस्यीय कार्यसमिति गठन भएको छ ।
उनीहरु सवैलाई विधान २०६९ (संसोधित र परिमार्जित सहित २०७१) अनुसार पदमा मनोनित गरिएको समाजले जनाएको छ । यसैबीच चाँडैनै बीपी विचार राष्ट्रिय समाजको ५ नंवर प्रदेश स्तरीय भेला रुपन्देहीमा हुने समाजले जनाएको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button