breakingसमाचार

कैलालीको क्वारेन्टाइनमा भएको बलात्कार काण्डमा संलग्नलाई कारवाही गर्न काँगे्रसको माग

१ असार, काठमाडौैँ
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कैलालीस्थित क्वारेन्टाइनमा भएको बलात्कारको घटनामा संलग्नलाई कडा कार्वाही गर्न माग गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति जारी गरी घटनामा जो कोही सामेल भए पनि बिना कुनै मोलाहिजा कडा कारबाही गर्न माग गर्नुभएको हो ।
क्वारेन्टाइनको ब्यवस्थापन र सुरक्षा सम्बन्धमा गम्भीर लापरबाही गर्नेहरुको नैतिक जिम्मेवारी यो घटनामा गांसिन्छ कि गांसिन्न भन्दै कांग्रेसले सरकारसंग प्रश्न गरेको छ । क्वारेन्टिनमा बलात्कारसम्मको घटनाले कम्युनिस्ट सरकारको शासकीय क्षमताको अनुहारमा कालो पोतिएको विज्ञप्तिमा उल्लेख छ ।
सामूहिक बलात्कारको घटना निन्दनीय र गम्भीर भएको भन्दै कांगे्रेसले मापदण्ड विपरीतका अव्यवस्थित क्वारेन्टाइनहरु कोरोना संक्रमण विस्तारको केन्द्र बन्दै गएको बताएको छ । क्वारेन्टाइनको अव्यवस्थाका कारण देशका विभिन्न क्वारेन्टाइनबाट नागरिक भागेकोमा चासो समेत व्यक्त गरेको छ ।
क्वारेन्टिनका बेथितिहरु समेत विरुद्ध दबाब दिन काँग्रेसले भोलि स्वदेश र बिदेशबाट एकसाथ प्रधानमन्त्रीलाई विशेष ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको शर्माले स्मरण गराउनुभयो ।

nema
Show More

Related Articles

Back to top button