breakingसमाचारनेपाली कांग्रेस

काँग्रेसले वीपीको विचारलाई छोड्दै गएको नेता जोशीको दाबी

२० चैत्र २०७५, काठमाडौं ।
वीपी विचार राष्ट्रिय समाज, सिन्धुलीको आयोजनामा मंगलवार एक समारोहकाबीच सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीमा समाजको जिल्ला स्तरीय सम्मेलन सम्पन्न भएको छ ।


समाजको सह–सभापति नेपाली काँग्रेसका पूर्व सह–महामन्त्री एवम् पूर्व मन्त्री गोविन्दराज जोशीले प्रमुख अतिथिको आशनबाट सम्मेलनको उद्घाटन गर्दै – ‘वीपी विचार राष्ट्रिय समाज नेपाली काँग्रेसलाई वैचारिक रूपमा सहयोग गर्नका लागि स्थापना भएको सँस्था हो, यो पार्टी होइन, यो पार्टीको कुनै समानान्तर संगठन पनि होइन । पार्टीले वीपीको विचार र चिन्तनलाई अंगाल्दै आगाडी बढ्नु पर्छ भन्ने यस समाजको मूल मान्यता हो, काँग्रेसले वीपीको विचारलाई छोड्दै गएको परिणाम नै आज काँग्रेस कमजोर हुन पुगेको छ भन्ने हाम्रो चिन्ता हो, काँग्रेसलाई कसरी सुधार गर्ने भन्ने वैचारिक अभियान नै हाम्रो धेय हो’ भन्दै वीपीको विचारलाई काँग्रेस नेत्रित्वले छोड्दै गएको बताए ।
प्रमुख अतिथि जोशीले ‘नेपाली काँग्रेसलाई वैचारिक एवम् सांगठनिक दृष्टिले वीपी कोइरालाले नै बनाएको जिकिर गरे । क्रान्तिकारी बन्ने नाममा वीपीको योगदानलाई विर्सेर, वीपीको विचारलाई वेवास्ता गरेर काँग्रेस काँग्रेस बन्न नसक्ने ठोकुवा गरे । उनले भने— ‘ राष्ट्रियता, प्रजातन्त्र र समाजवाद नै हाम्रो आदर्श हो, सहमति, सहकार्य र एकता हाम्रो आदर्श होइन ।’


समाजको सस्थापक केन्द्रिय सदस्य एवम नेपाली काँग्रेसका नेता लोकेश ढकाल विशिष्ठ अतिथिको रूपमा बोल्दै ‘नेपाली काँगेसले वीपीको निधनको लगत्तै देखि नै वीपीको विचार र चिन्तनलाई क्रमशः छोड्दै गएको बताए । १२ बुँदे समझदारी, वृहतशान्ति सम्झौता हुँदै पार्टी यहाँसम्म आईपुग्दा नेपाली काँग्रेसले वीपीको विचार चिन्तनलाई पुरै वेवास्ता गरेको छ, नेतृत्व विचारले भन्दा सत्ता स्वार्थबाट प्रेरित भएर काम गरेको परिणाम नै आज काँग्रेस इतिहासको सबैभन्दा कठिन मोडमा आइपुगेको ढकालले स्पष्ट पारे । काँगेसले इतिहासमा गरेको भुलबाट सिक्दै आँफुलाई सुधार गर्ने वेला आएको छ, यसका लागि पार्टीमा वृहत वैचारिक बहशको खाँचो छ, त्यसका लागि यो समाजले प्रयास गरिरहेको काँगे्रस नेता ढकालले बताए ।


कार्यक्रममा समाजका केन्द्रीय सदस्य एवं ३ नंवर प्रदेश संयोजक खेमराज सेढाईले वीपी विचार राष्ट्रिय समाज गठन गर्नुको उदेश्यबारे प्रकाश पारेका थिए ।


केन्द्रीय प्रतिनिधि एवं समाजको परराष्ट्र विभाग प्रमुख ढुण्डिराज पोखरेलले वीपी कोइरालाले अवलम्बन गरेको सिद्धान्त र परराष्ट्र नीतिको बारेमा चर्चा गरेका थिए ।


सिन्धुली जिल्लामा पछिल्लो संघीय संसदका लागि नेपाली काँग्रेसका उमेद्वार एवम् महासमिति सदस्य प्रेमचन्द्र दहालले नेपाली काँग्रेसमा व्यक्तिवादी सँस्कार हावी भएको, म मात्र भन्ने भावना र अहंकारबाट आम काँग्रेसी ग्रसित भएको प्रति चिन्ता प्रकट गर्दै काँग्रेस रहेसम्म मात्र हाम्रो अस्तित्व रहन्छ भन्ने भावनाले काम नगरेसम्म काँग्रेस काँग्रेस जस्तो हुन नसक्ने दाबी गरे । वीपी विचार राष्ट्रिय समाजले आफ्ना गतिविधिलाई यसै तर्फ केन्द्रित गर्न महासमिति सदस्य दाहालले जोड दिएका छन् ।


सम्मेलनमा समाजका केन्द्रिय सदस्य एवम् जनकपुर नगरपालिकाका पूर्व मेयर बजरङ्ग शाह,समाजका केन्द्रीय सदस्य कृष्ण गौतम, समाजका विद्यार्थी विभाग प्रमुख मित्र भट्टराई र समाजका धनुषा जिल्ला सभापति सुरेश कोइरालाले समाजको विविध गतिविधि माथि विस्तृत रूपमा चर्चा गरेका थिए ।


वीपी विचार राष्ट्रिय समाज, सिन्धुली जिल्ला कार्यसमितिका सभापति प्रेम भट्टराईको सभापतित्वमा सम्पन्न समारोहमा नेपाली काँग्रेसका नेता माणिक ढकाल, नेपाली काँग्रेस, जिल्ला कार्यसमिति सिन्धुलीका सचिव दीपक घिमिरे, नेपाल शिक्षक संघ, सिन्धुली जिल्ला अध्यक्ष अरूण थिङ्ग, उपाध्यक्ष सुमन कोइराला, नेपाली काँगे्रस, दुधौली नगरसमितिका सभापति कुमार बस्नेत, नेपाल विद्यार्थी संघ, सिन्धुलीका सभापति उत्पल खड्का, नेपाल ट्रेड युनियन काँग्रेस, सिन्धुली जिल्ला सभापति श्यामहरि अधिकारी, नेपाल महिला संघ, सिन्धुली जिल्ला समितिका उपाध्यक्ष, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि शान्ता कार्की लगायतले सम्मेलनमा संवोधन गर्दै वीपी विचार राष्ट्रिय समाजको गतिविधिको प्रसंशा गर्दै सफलताको शुभ कामना व्यक्त गरेका थिए ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button