समाचार

धनगढी विमानस्थल एक महिनापछि सञ्चालनमा आयो

धनगढी÷ एक महिनादेखि बन्द रहेको धनगढी विमानस्थल बुधबारबाट सञ्चालन भएको छ । धावनमार्ग मर्मत र स्तर वृद्धिका लागि गत वैशाख २२ गतेदेखि बन्द गरिएको विमानस्थल बुधबारबाट सुचारु भएको हो ।
धावनमार्ग मर्मत र स्तर वृद्धिको काम सकिएपछि विमानस्थलमा नियमित उडान सुरु भएको धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिए ।
विमानस्थलका प्रमुख बुढथापाका अनुसार धावनमार्ग मर्मत र स्तर वृद्धिको काम सकिएकाले एयरलाईन्स कम्पनीहरुले आ(आफ्नो समयतालिका अनुसार उडान भरेका छन्।
एयरपोर्ट सुचारु भएपछि बुधबार वुद्ध र श्री एयरले दुई–दुई वटा उडान भरेका छन्। विमानस्थल सुचारु भएपछि यस क्षेत्रका स्थानीयलाई राजधानी आवत जावतमा राहत मिलेको छ।
गत वैशाख २२ गतेबाट उडान सेवा बन्द गरेर विमानस्थलमा धावनमार्ग स्तरोन्नतिका साथै क्षेत्र विस्तारको काम सुरु गरिएको थियो। यसअघि तीन वटा मात्रै ठूला जहाज पार्किङ गर्न मिल्ने विमानस्थलको स्तरोन्नति पछि एकै पटक चार ठूला जहाज पार्किङ गर्न सकिने भएको छ।
धनगढी विमानस्थल त्रिभुवन विमानस्थल पछिको ठुलो धावनमार्ग भएको विमानस्थल हो। अहिले ३० मिटर चौडाई र १८ सय मिटर लम्वाईको धावनमार्ग रहेकोमा स्तरोन्नतीको कार्य भईरहेको छ।

nema
Show More

Related Articles

Back to top button