breaking

काङ्ग्रेस सभापति देउवाको चेतावनीः जिल्ला सभापतिहरुको निर्णय फेस गर्न तयार छु

विराटनगरः नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काङ्ग्रेसका जिल्ला सभापतिहरूको बैठकको निर्णय आफू फेस गर्न तयार उद्घोष गरेका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसंग कुराकानी गदै सभापति देउवाले जिल्ला सभापतिले गरेको निर्णय आफूले फेस गर्ने बताए ।

उनले ५० भन्दा बढी जिल्ला सभापति भेला भएको कुरा अस्वीकार गर्दै थोरै मात्र भेला भएको दाबी समेत गरेका छन् ।

सभापति देउवाले फरक प्रसंगमा न्याय परिषद्को निर्णय राजनीतिभन्दा बाहिरको हुनु पर्ने आग्रह गरेका छन् ।

देउवाले न्याय परिषद्ले न्यायाधीश नियुक्ति गर्दा राजनीतिक निर्णय भन्दा बाहिर रहेर गर्नुपर्ने आग्रह गरे ।

पार्टीका केन्द्रीय सदस्यहरू न्यायाधीशमा कसरी नियुक्ति भए भन्ने जिज्ञासा शान्त पार्दै देउवाले यस्तो भएको पाइए आन्दोलन गर्ने चेतावनी दिए।

विभिन्न आयोगको प्रमुखको नियुक्तिमा विवाद आइरहेका बेला काङ्ग्रेस चुप लागेर नबसेको र पार्टीका तर्फबाट काम गरिरहेको दाबी गरे।

नेपाल टेलिकम वर्कर्स युनियनको राष्ट्रिय महाधिवेशनमा सहभागी हुन विराटनगर गएका सभापति देउवा बिहिबार काठमाडौैँ फर्किने कार्यक्रम छ ।

nema
Show More

Related Articles

Back to top button