समाचार

नेपालको सानदार जित, ओमन १५० रनले पराजित

काठमाडौं, वैशाख ३ । १९ वर्ष मुनिको विश्वकप क्रिकेटअन्तर्गत एसियाली छनोट प्रतियोगितामा नेपालले ओमनलाई १५० रनले पराजित गरेको छ ।
नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको ओमन ४५ औं ओभरको पहिलो बलमा ७९ रन बनाउँदै ‘अल आउट’ भएको हो ।
मलेसियाको सेलाङ्गोर टर्फ क्लबमा ओमनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले ४३ ओभर दुई बलमा सबै विकेट गुमाउँदै २२९ रन बनाएको थियो ।
नेपालका लागि रोहित पौडेलले सर्वाधिक ७५ रन बनाएका थिए । त्यस्तै प्रतीष जिसीले ४१, भीम सार्कीले ३९, अभिषेक बस्नेतले १५, रित गौतमले १० रनको योगदान दिए ।
पुछारमा ब्याटिङका लागि आएका प्रतीष जिसीले विस्फोटक ब्याटिङ गर्दै टिमको स्कोर सम्मानजनक अवस्थामा पु¥याएका हुन् ।
१७६ रनमा आठ विकेट गुमाइसकेको अवस्थामा उनी मैदानमा प्रवेश गरेका थिए । लगत्तै नेपालले कमलसिंह ऐरीका रुपमा अर्को विकेट गुमायो । १७८ रन बनाउँदा नौ विकेट गुमाइसकेको अवस्थामा जिसीले विस्फोटक ब्याटिङ गर्दै २२ बलमा ४१ रन बनाए । उनले दुई चौका र चार छक्का प्रहार गरे ।
जवाफी ब्याटिङमा उत्रिएको ओमनका लागि अमनप्रित सिराह र जील टन्नाले १३–१३ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
जारी प्रतियोगितामा नेपालको यो चौथो खेल हो । तीन खेलमा जित र एक हार व्यहोरेको नेपालले विश्वकपका लागि छनौट हुने सम्भावना जीवित राखेको छ । तर त्यसका लागि नेपालले आफ्नो बाँकी खेल जित्नुपर्नेछ भने युएईले कम्तिमा एक खेल हार्नुपर्नेछ ।

nema
Show More

Related Articles

Back to top button