breakingसमाचारविचारवी पी विचार

चिनियाँ वरिष्ठ नेता तथा संसद प्रमुख ली अर्को साता नेपाल आउने

sharethis sharing button

काठमाडौँ – नेपालको मामिलामा अत्यन्तै चासो लिइरहेको चीनले आफ्ना एक वरिष्ठ नेतालाई तीन दिने औपाचारिक यात्रामा नेपाल पठाउने भएकाे छ।

राजकीय वरीयता क्रममा राष्ट्रपति सी जिनपीङ र प्रधानमन्त्री ली कछयाङ पछि तेस्रो नम्बरमा रहेका नेसनल पिपुल्स कांग्रेसका स्थाथी समिति (संसद)का अध्यक्ष ली झाँसु सेप्टेम्बर १२ मा तीन दिने यात्राका लागि नेपाल आउने भएका हुन्।

विगत ६ महिनाको अवधिमा चिनिया विदेशमन्त्री वाङ यी र पार्टी विदेश विभाग प्रमुख लीउ जियानछाओ पछि हुन लागेको यो उच्चतहको यात्राले चीनको नेपाल प्रतिको बढ्दो चासो र चिन्ताको संकेत भएको कुटुनीतिज्ञहरू बताउँछन्। परराष्ट्र मन्त्रालय स्राेतले यो यात्राको विस्तृत विवरण नदिए पनि उच्च तहको यात्रा हुन लागेको पुष्टि गरेको छ।

ली प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाको निमन्त्रणामा आउन लागेका हुन्। ठूलो भ्रमण टोलीका साथ आउन लागेका लीको भ्रमण तालिका सार्वजनिक नगरिए पनि उनले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख तथा परराष्ट्र मन्त्रीसँग भेटघाट गर्ने बुझिएको छ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button