समाचार

नुवाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा ४७ यात्रु घाइते

३० साउन, काठमाडौैँ÷ नुवाकोट÷ नुवाकोटको वुङताङबाट त्रिशूली हुँदै काठमाडाँै आउँदै गरेको बस ढुंगेचौतारामा बुधबार दुर्घटनाग्रस्त हुँदा ४७ जना यात्रु घाइते भएका छन् ।
दुर्घटनामा घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुमा अधिकांश महिला तथा बालबालिका रहेका छन् । विदुर नगरपालिका–९ ढुंगेचौतारा लामाटारमा बुङताङबाट काठमाडौं जाँदै गरेको बा२ख २८०४ नम्बरको बस दुर्घटनाग्रस्त भएको हो ।
मिनिट्रकलाई साइड दिने क्रममा सडक भासिएर ५० मिटर तल खस्दा बसमा यात्रारत ४७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
दुर्घटनामा परेर गम्भीर सात जनालाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ । पाँचवटा एम्बुलेन्समा सातजना गम्भीर घाइतेलाई काठमाडौ पठाइएको हो ।
अन्य ४० जना घाइतेहरुको त्रिशूली अस्पतालमा उपचार भइरहेको नुवाकोट प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । दुर्घटनाबारे अनुसन्धान भइरहेको छ ।
बस दुर्घटनामा चालक नुवाकोट साल्मेका २९ वर्षीय ज्ञानबहादुर तामाङसहित बसका सबै घाइते भएका हुन् । क्षमताभन्दा बढि यात्रु बोकेर हिडेको बस दुर्घटनामा परेको हो ।

nema
Show More

Related Articles

Back to top button