समाचार

नेपाली काँगे्रस स्याङजाका सभापति कमल पँगेनीको निधन ,काँगे्सले गरयो यस्तो निर्णय

२० साउन, काठमाडौैँ
नेपाली काँग्रेस स्याङजाका सभापति कमल पँगेनीको ५६ बर्षको उमेरमा निधन भएको छ। स्याङजाको भिरकोट नगरपालिका १ स्थित कालिका (आइतवार) आज विहान अस्पतालमा उनको निधन भएको हो। नेपाली काँग्रेसका तर्फबाट २०७० सालमा संविधान सभा सदस्य समेत भएका पँगेनी वहालवाला काँग्रेस सभापति थिए। उनी यसअघी पनि काँग्रेस सभापति रहेका थिए। पँगेनीको निधनको खबरले नेपाल काँगे्रसमा अपुरणिय क्षति पुगेको काँगे्रसले जनाएको छ ।
अस्पतालमा पार्टीका नेता कार्यकर्ता र आफन्तहरु पुगेका छन्। श्रीमती एक १ छोरा १ छोरी रहेका छन्। पँगेनीको अन्तिम संस्कारका लागि नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठ स्याङजा पुग्दै छन्। गएराती आफ्नो घर पुगेका पँगेनी खानपिन पछि सुतेकै अवस्थामा विहान गम्भिर अवस्थामा भेटिएपछि अस्पताल पुर्याउदा उनको निधन भएको हो। चिकित्सकहरुले उनको मृत्यु हृदयघातका कारण भएको बताएका छन्।
यसैबीच, नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा स्याङ्जा जिल्लामा सक्रिय नेतृत्व प्रदान गर्नु भएका कांग्रेस स्याङ्जाका सभापति स्वर्गीय कमलप्रसाद पंगेनीप्रति सम्मान प्रकट गर्दै शोकका कार्यक्रमहरु गर्ने नेपाली कांग्रेसले निर्णय गरेको छ ।
यस्ता छन शोकका कार्यक्रमहरु
१। २०७५ श्रावण २१ गते केन्द्र र देशका ७६ वटै जिल्ला कार्यालयहरु बन्द गर्ने र पार्टीको झण्डा आधा झुकाउने ।
२। सम्बन्धित स्याङ्जा जिल्ला कार्यालय ३ दिन बन्द गर्ने र ३ दिनसम्म पार्टीको झण्डा आधा झुकाउने ।
३। केन्द्रीय कार्यालय र सम्बन्धित स्याङ्जा जिल्ला कार्यालयमा १३ दिनसम्म शोक पुस्तिका राख्ने ।
४। १३ औँ दिनका दिन स्याङ्जाको सदरमुकाममा श्रद्धाञ्जली सभाको आयोजना गर्ने ।

nema
Show More

Related Articles

Back to top button