breakingसमाचारसंस्था गतिबिधीनेपाली कांग्रेस

गुटउपगुटको राजनीतिले कांग्रेसलाई कमजोर बनाएको छ ः सभापति अधिकारी

१० वैशाख, तनहुँ÷ नेपाली काँगे्रस जिल्ला कार्यसमिति तनहुँको बैठक बुधवार बसेको छ । नेपाली काँग्रेस तनहुँ जिल्ला कार्यसमितिका सभापति डिल्लीराम अधिकारीको अध्यक्षतामा तनहुँको दमौलीमा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको कार्यसमितिकी सचिव चीनु पोखरेलले जानकारी दिइन ।
बैठकले नेपाली काँगे्रसको विधान बमोजिम अनुशासन समितिको संयोजकमा नेपाली काँगे्रस तनहुँका पूर्व सहसचिव परशुराम गिरीको संयोजकत्वमा नेपाली काँगे्रस जिल्ला कार्यसमिति तनहुँका सदस्यहरु ऋषीराम पोखरेल र नुरुचन्द्र वाग्लेलाई मनोनित गरेको छ ।
साथै बैठकले नेपाली काँगे्रस क्षेत्रीय कार्यसमिति क्षेत्र नंवर २ ले यही वैशाख १४ गते गर्ने भनिएको क्षेत्रीय भेला विशेष कारणबस आउँदो जेष्ठ ११ गते गर्ने निर्णय गरेको छ । यसैबीच, वैशाख २८ गते बस्न लागेको नेपाली काँगे्रस क्षेत्र नंवर १ को भेलाको पूर्ण तयारी वैशाख २० गते गरिने भएको छ । तयारीका लागि बन्दीपुरको डुम्ब्रेमा बैठक बस्ने निर्णय भएको सचिव पोखरेलले जानकारी दिइन ।
वैठकले नेपाली काँगे्रस केन्द्रीय कार्यसमितिले आयोजना गरेको राष्ट्रिय जागरण अभियानमा तनहुँ जिल्लामा खटिएका नेपाली काँगे्रसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीलाई तनहुँ जिल्लाको वस्तुस्थितिको बारेमा जानकारी दिने निर्णय समेत गरेको छ ।
यसैबीच, नेपाली काँगे्रस जिल्ला कार्यसमितिका सभापति डिल्लीराम अधिकारीले पार्टीमा गुटउपगुटको राजनीतिले काँगे्रसलाई कमजोर बनाएको बताएका छन् । तनहुँ जिल्ला कार्यसमितिको बैठकमा बोल्दै अधिकारीले काँगे्रसलाई जनप्रीय पार्टी बनाउनको लागि गुटउपगुटको राजनीति छोडेर एकजुट हुन आग्रह गरे ।

nema
Show More

Related Articles

Back to top button