समाचार

बैशाख १२ को अघिल्लो दिन भूकम्पका धक्का

काठमाडौं ÷ बुधबार बिहान काठमाडौं र आसपासका क्षेत्रमा भूकम्पका दुई धक्का महसुस गरिएको छ। बिहान ६ बजेर २९ मिनेट जाँदा धादिङको नौबिसे केन्द्रविन्दु भएर ५ दशमलव २ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस गरिएको हो।
त्यसलगतै सोही केन्द्रबिन्दु भएर ६ बजेर ४० मिनेट जाँदा ४ दशमलव ३ म्यानिच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। २०७२ बैशाख १२ गते गोरखा बारपाक केन्द्रविन्दु भएर ७ दशमवल ८ म्याग्निच्यूड भूकम्प गएको ४ वर्ष पुग्न एकदिन बाँकी हुँदा भूकम्प गएको हो।
ठूलो भूकम्प गएको वार्षिकी आउनै लाग्दा लगातार भूकम्पका दुई ठूला धक्का महसुस गरिएपछि पुनः ठूलो भूकम्प जाने होकी भनेर सामाजिक सञ्चालतिर हल्लीखल्ली मच्चिएको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button