समाचार

संघीय संसद्को चौथो अधिवेशन सुरु

१६ वैशाख, काठमाडौैँ÷  संघीय संसद्को चौथो अधिवेशन सोमवारबाट सुरु हुँदैछ । मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सोमवार दिउँसो ४ बजे अधिवेशन आह्वान गरेकी थिइन । अधिवेशन सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस, बजेट प्रस्तुत तथा संविधान कार्यान्वयनका कानुन निर्माणमा केन्द्रित हुनेछ । तेस्रो अधिवेशन अन्त्य भएको एक महिनापछि चौथो अधिवेशन आह्वान गरिएको हो ।
चालु अधिवेशन सरकारका वार्षिक कार्यक्रम र कानुन निर्माणमा केन्द्रित हुने प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले जानकारी दिनुभयो । यो पटक नीति तथा कार्यक्रमपछि प्रि बजेट छलफल हुनेछ । नीति तथा कार्यक्रमका लागि वैशाख २० गतेको समय तय भइसकेको छ । यसअघि प्रिबजेट छलफलपछि मात्र नीति कार्यक्रम पेस हुने गरेको थियो । यसैबिच निति तथा कार्यक्रम पछि मात्रै प्रि बजेट छलफल गर्ने कार्यतालिका प्रति प्रमुख प्रतिपक्षि दल कागे्रसले असन्तुष्टी जनाएको छ । त्यस्तै बिचाराधिन रहेका २९ विधेयक पनि चौथो अधिवेशनमा पेश हुनेछन ।

nema
Show More

Related Articles

Back to top button