विश्व
भारतमा लोकसभा चुनाव अन्तर्गत छैटौैँ चरणको मतदान जारी
२९, वैशाख÷भारतमा लोकसभा चुनाव अन्तर्गत आइतबार छैटौँ चरणको मतदान भैरहेको छ । उत्तर प्रदेशका १४, हरियानाका १०, मध्य प्रदेश, विहार र पश्चिम बंगालका आठ–आठ, नयाँ दिल्लीका सात र झारखण्डका चार निर्वाचन क्षेत्र गरि ५९ निर्वाचन क्षेत्रका ९ सय ६८ केन्द्रमा मतदान भैरहेको भारतीय संचार माध्यमले जनाएका छन् ।
भारतमा गएको अप्रिल ११ देखि सुरु भएको लोकसभा चुनावको अन्तिममा आउँदो जेठ ५ गते सातौं चरणको मतदान हुनेछ ।
