समाचार

रातो मछिन्द्रनाथ र मीननाथको रथलाई महिलाहरुले ताने

ललितपुर÷ रातो मछिन्द्रनाथ र मीननाथको रथलाई आज महिलाहरुले तानेका छन्। महिलाहरुले रथ तान्नुलाई ुयाक मिसा भुज्याु भन्ने गरिन्छ ।
थतिटोलमा रहेको रथलाई महिलाहरुले तानेर इतिटोलको चौबाटो सम्म पुर्‍याएका थिए ।
अरु समय पुरुषले मात्र तान्ने रथलाई नरिवल खसाल्ने जात्रा सम्पन्न भएको भोलीपल्ट महिलाहरुले तान्ने परम्परा रहेको छ ।
रथ इति टोल पुगेपछि साइत हेरेर रथलाई जावलाखेल पुर्‍याउने गरिन्छ। रथलाई जावलाखेलसम्म तान्ने दिनको अघिल्लो दिन पनि रथबाट नरिवल खसाल्ने गरिन्छ। सो दिन भने राती मात्रै नरिवल खसाल्ने गरिन्छ।
जावालाखेलमा भोटो देखाइसकेपछि रातो मछिन्द्रनाथको रथलाई बुङ्गमती फिर्ता लगेपछि रथयात्रा समापन हुने प्रचलन छ ।

Show More

Related Articles

Back to top button