समाचार
बस र ट्रक ठोक्किँदा दुईजनाको ज्यान गयो, १८ घाइते
नवलपुर, जेठ १६ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत् नवलपुरको देवचुली नगरपालिका–२, दुम्कौलीमा बस र ट्रक एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् । मृतकको यो समाचार तयार पार्दासम्म सनाखत हुन सकेको छैन ।
बिहीबार नारायणगढबाट पाल्पा जाँदै गरेको ना२ख ४८९० नम्बरको ट्रक र कावासोतीदेखि नारायणगढतर्फ आउँदै गरेको ना४ख ५२९५ नम्बरको यात्रीवहाक बस ठोक्किएका हुन् ।
दुर्घटनामा घाइते भएकाहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
