समाचार

राजतन्त्र समाप्त पार्न खुफिया एजेन्सीको योजनामा पूर्व प्रमको प्रयोग गरिएको नगरिएको छानबिन हुनुपर्छ ः राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा राजतन्त्र अन्त्यका लागि बिदेशी खुफिया एजेन्सीको योजना बमोजिम मुलुकको पूर्वप्रधानमन्त्री र भविश्यमा पनि प्रधानमन्त्री हुन सक्ने सम्मानित ब्यक्तीलाई प्रयोग गरिएको भन्ने विषयमा छानविन हुनुपर्ने माग गरेका छन् । यो बिषय राष्ट्रिय सुरक्षा र प्रजातन्त्रको भबिष्यको सन्दर्भमा अन्त्यन्त गम्भीर र संबेदनशील विषय भएकाल
तुरुन्त छानबिन गर्नुपर्ने थापामा माग छ । अध्यक्ष थापाले सो सम्बन्धमा संसदले छानबिन समिती गठन गर्नुपर्ने बताए ।
बिहिबार भरतपुर बिमानस्थलमा मिडिया नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले गणतन्त्र , धर्म निरपेक्षता र संघीयता लाद्नको निमित्त बाह्य शक्तिको अभिप्रेरणा र भुमिका बारम्बार पुष्टि हुदै आईरहेकोमा अहिले नयाँ ढंगबाट अत्यन्त गम्भीर र संबेदनसिल बिषय आएको बताए । राजनीतिक दल र नेताहरु प्रयोग गरेको बिषय साधारण बिषय नभएकोले यसबारे अब निराकरण हुनुपर्नेमा थापाको जोड छ ।
जसरी अमेरिकी राष्ट्रपति निर्बाचनमा रुसको भुमिका रहेको भन्ने बारे अहिले त्यहाँको संसदले छानबिन गरिरहेको छ , यहाँ पनि छानबिन समिती निर्माण गर्नुपर्दछु—अध्यक्ष थापाले भने ।

nema
Show More

Related Articles

Back to top button