समाचार

नेपालमा मनसुन एक साता ढिलो भित्रिने

२७ जेष्ठ, काठमाडौँ÷ यो बर्ष नेपालमा मनसुन एक साता ढिलो भित्रिने भएको छ ।
नेपालमा जुन १० का दिन भित्रिनुपर्नेमा एक साता ढिलोगरी भित्रिने भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार आर्यालले जानकारी दिए ।
जलवाष्युक्त हावाको वायुमन्डलको माथिल्लो सतहसम्म प्रभाव कायम रहेमा मनसुन सुरु हुने मौसमविद् आर्यालले जानकारी दिए ।
मनसुन पूर्णसक्रिय हुनका लागि मनसुनी हावा वायुमन्डलको तल्लो सतहदेखि माथिलो सतहसम्म रही त्यसको प्रवेश राम्रोसँग देखिन न्यूनचापीय रेखा स्पस्टसँग देखिनुपर्ने हुन्छ ।
सामान्यतया नेपालमा मनसुन सुरु हुने समय जुन १० हो । यस वर्ष मनसुन एक साता ढिलोगरी सुरु हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गत वर्ष जुन ८ मा मनसुन सुरु भएको थियो ।

nema
Show More

Related Articles

Back to top button