नेपाली कांग्रेस

काङ्ग्रेसको राष्ट्रिय जागरणको उपलब्धीबारे बुधवार छलफल तथा अन्तरक्रिया

११ असार, काठमाडौैँ÷ नेपाली काङ्ग्रेसले बुधवार प्रथम चरणको राष्ट्रिय जागरण अभियानको उपलब्धीबारे छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ को प्रथम चरणमा खटाएका ७७ वटै जिल्लाका केन्द्रीय प्रतिनिधिसँग छलफल गर्न लागिएको हो । केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा सभापति शेरबहादुर देउवाले केन्द्रीय प्रतिनिधिसँग छलफल गर्न लाग्नुभएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिहरूले आफूले तयार गरेको प्रतिवेदन र अनुभवका बारेमा केन्द्रीय नेतृत्वसँग छलफल गर्ने पौडेलले जानकारी दिए । जागरण अभियानको प्रथम चरण गत वैशाख २५ मा प्रारम्भ भई जेठ २५ गते सम्पन्न भएको थियो । अभियानको दोस्रो चरण आगामी भदौ २४ गते (बिपी जयन्तीका दिन) प्रारम्भ भई असोज ७ गतेसम्म चल्ने र तेस्रो चरण आगामी पुस ७ गते प्रारम्भ भई पुस १६ गते मेलमिलाप दिवसमा समापन गर्ने काँगे्रसको तयारी छ ।

nema
Show More

Related Articles

Back to top button