समाचार

राजनीतिमा पनि सफाई आवश्यक ः सभामुख महरा

१४ असार, काठमाडौैँ÷ सभामुख कृष्णबहादुर महराले राजनीतिमा पनि सफाइ जरुरी रहेको बताएका छन् । हनुमन्ते सफाइ अभियानको ७०औं हप्ताको अवसरमा भत्तपुरको सूर्यविनायक नगरपालिका दधिकोटस्थित दक्षिण बाराही उद्यान सामुदायिक वनमा शनिवार आयोजना गरिएको राष्ट्रिय वृक्षरोपण तथा सरसफाइ कार्यक्रममा बोल्दै उनले देशको राजनीतिमा पनि प्रदूषण ब्यास्त रहेको बताए । देशमा माफिया सक्रिय रहेकामा चिन्ता व्यक्त महराले माफियाहरुले देशै हडप्न खोजेको आरोप लगाए । व्यक्तिका नाममा गएका र सार्वजनिक जग्गा, वन, पोखरी जस्ता प्राकृतिक सम्पत्तिलाई सरकारले समुदायको नाममा फर्काउने अभियान सञ्चालन गरेको बताए । प्राकृतिक सम्पदा एवं सार्वजनिक सम्पत्ति व्यक्तिको नाममा लैजाने प्रवृत्ति अन्त्य हुनुपर्नेमा सभामुख महराको जोड छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button