समाचार

सडकमै धान रोपेर विरोध

१५ असार, झापा÷ लामो समय देखि जिर्ण बनेको सडक निमार्ण नभएको आक्रोशमा झापाका स्थानीयले सडकमै धान रोपेर सांकेतिक विरोध गरेका छन् । झापाको विर्तामोडबाट सदरमुकाम भद्रपुर जाने सडक महिनौंदेखि जीर्ण भएको भन्दै स्थानीय बासिन्दाले सडकमा धान रोपेर आक्रोस पोखेका हुन् । उनीहरुले राष्ट्रिय दिवसकै दिन आइतबार बिहान सडकमा धान रोपेर बिरोध जनाएको प्रहरीले जानकारी दिएको छ । लामो समय भत्कीएको सडक निमार्ण नहुदाँ स्थानियले समस्या भोग्दै आएका छन । बर्षायामको समयमा झनै धेरै समस्या भएर हिँड्न पनि मुस्किल हुने गरेको स्थानियको गुनासो छ । सरकारको कामलाई व्यंग गर्दै सडकमा धान रोपिएको भद्रपुर रोडका बासिन्दा तथा पत्रकार सन्तोष अग्रवालले जानकारी दिए ।

nema
Show More

Related Articles

Back to top button