समाचार

विप्वलवसँग गोली हानाहानपछि सेनाका तीन हेलिकोप्टर संखुवासभामा

संखुवासभा÷ सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ता र गस्तीमा रहेको प्रहरीबीच सिलिचोङ गाउँपालिका–१ होयङमामा सोमबार बिहान गोली हानाहान भएपछि नेपाली सेनाका तीनवटा हेलिकोप्टर संखुवासभा पुगेका छन्। काठमाडौंबाट पुगेका नेपाली सेनाको हेलिकोप्टरले गोली हानाहान भएको सिलिचोङको क्षेत्रमा हवाई गस्ती गरेका छन् । तीनै हेलिकोप्टरबाट काठमाडौँबाट सशस्त्र र नेपाल प्रहरीका ५० जना भन्दा धेरै सिपाहीँ सिलिचोङमा उतारिएको छ। सदरमुकाम खाँदबारी पुगेर सेनाको हेलिकोप्टरले सिलिचोङको बस्ती र मकालुवरुण जंगलको क्षेत्रमा गस्ती गरिरहेको सुरक्षा अधिकारीहरुले बताएका छन्। स्रोतका अनुसार सशस्त्र प्रहरी निरीक्षक उमेश थापा र नेपाल प्रहरीका प्रहरी निरीक्षक शेखरजंग मल्लको नेतृत्वमा २५÷ २५ जनाको बेग्लाबेग्लै टोली सेनाको एमआई १७ हेलिकोप्टरबाट संखुवासभामा उतारिएको छ।
सिलिचोङ गाउँपालिका–१ का वडाअध्यक्ष लक्ष्य राईले बिहान १० देखि साढे १० बजेको समयमा गाउँमा गोली चलेको बताएका छन्। उनका अनुसार अटोमेटिक राइफलबाट मकै पड्के जस्तै गोली चलेको हो। तर घटनामा हताहती या अन्य क्षतिबारे प्रहरीले अहिलेसम्म केहि पनि बताएको छैन्।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button