विश्व

पाकिस्तानले ४ महिनापछि आफ्नो हवाई क्षेत्र खोल्यो

३१ असार÷ पाकिस्तानले भारतीय समेत अन्य विमानका लागि साढे ४ महिनापछि आफ्नो हवाइ क्षेत्र खुला गरेको छ । भारतीय वायुसेनाले पुलवामा आक्रमणपछि गत २६ फेब्रुअरीमा पाकिस्तानको बालाकोटमा जैश–ए–मोहम्मदको आतंकी शिवरमाथि हवाई हमला गरेको थियो । त्यसपछि पाकिस्तानले आफ्नो हवाई क्षेत्र बन्द गरेको थियो । हवाई क्षेत्र बन्द भएपछि युरोप र खाडी देश जाने विमानहरु गुजरातदेखि अरब सागर हुँदै जानुपर्ने बाध्यता थियो । पाकिस्तानको नागरिक उड्डयन प्राधिकरणले हवाई क्षेत्रमा प्रतिबन्ध लगाएपछि भारतको एयर इन्डियाले ४९१ करोड रुपैयाँ नोक्सानी बेहोरेको थियो । प्रतिबन्धका कारण दैनिक २३३ विमानका करिब ७० यात्रु प्रभावित भएका थिए ।

nema
Show More

Related Articles

Back to top button