विश्व

कश्मीरका लागि अन्तिमसम्म लड्छौं– पाकिस्तानी प्रधानमन्त्री खान

इस्लामावाद– पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कश्मीरका लागि अन्तिम थोपा रगत बाँकी रहेसम्म लड्ने प्रतिक्रिया दिएका छन् ।
प्रधानमन्त्री खानले भारतीय प्रशासनमा रहेको कश्मीरी भूमिमा भारतले जातीय नरसंहार गरिरहेको समेत आरोप लगाए । पाकिस्तानको संसद्मा बोल्दै उनले नरेन्द्र मोदी नेतृत्वको सरकारलाई हिटलरको नेतृत्वमा रहेको नाजी जर्मनीसँग तुलना समेत गरे ।
सम्बोधनका क्रममा उनले पाकिस्तान कश्मीरका लागि अन्तिम थोपा रगत बाँकी रहेसम्म लडिरहने समत उद्घोष गरे ।
भारतले जम्मू कश्मीर राज्यलाई दिएको विशेष राज्यका मान्यता खारेज गरेपछि प्रधानमन्त्री खानको यस्तो भनाइ आएको हो । पाकिस्तान र भारत दुबै मुलुकले कश्मीरमा आफ्नो सार्वभौमिकता दाबी गर्दै आएका छन् ।
कश्मीरकै विषयलाई लिएर दुई मुलुकबीच दुईपटक युद्ध भइसकेको छ । भारतको पछिल्लो कदमपछि दुई मुलुकबीचको सम्बन्ध नराम्ररी बिग्रिएको छ हो ।

nema
Show More

Related Articles

Back to top button